रौतहटका दुई जना महिलाले नगर प्रमुखमा जित हासिल गरे

405

रौतहट ,८ जेठ ।। रौतहटका दुई पालिकामा महिला नगर प्रमुख बनेका छन्।अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेका थिए। गत स्थानिय पालिका निर्वाचनमा दुई जना महिलाले नगर प्रमुखमा जित हासिल गरेका छन्।

रौतहटको मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित भएकी छिन् भने ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित भएकी छिन्।

दुई महिला नगर प्रमुखमध्ये मौलापुरकी साह नेकपा एमालेबाट निर्वाचित भएकी छिन् भने ईशनाथकी कौशल्यादेवी लोसपा नेपालबाट नगर प्रमुखमा निर्वाचित भएकी हुन्।