काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । शनिबार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो जित हात पारेको हो । नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो ।
नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिका ४४ ओभर १ बलमा १ सय ५५ रनमा अलआउट भएपछि नेपालले जित हात पार्न सफल भएको हो । अमेरिका अलराउन्डर इयान होल्यान्डले १ सय ११ बलमा ७ चौका सर्वाधिक ७५ रनको योगदान दिएपनि हार टार्न सकेन । ओपनर आरोन जोन्सलाई ५ रनमा आउट भए । स्टिभन टेलरलाई दीपेन्द्रसिंह ऐरीबाट शून्यमा क्याच आउट भए । जेभियर मार्शल पन २ रनमा आउट भएपछ नेपालले राम्रो शुरुवात पाएको थियो । मोनाक पटेल पनि ४ रनमा आउट भएपछि अमेरिका १३–४ को कमजोर अवस्थामा पुगेको थियो । अक्षय होमराज ५ रनमा आउट भएपछि नेपाल ततर्फ अग्रसर बनेको थियो । करिमा गोर १० रनमा पेभिलिएन फर्काए । एल्मोर हुचेन्सनलाई ३ रनमा पेभेलियन फर्किए । तल्लोक्रममा इयान होल्यान्ड र क्यामरन स्टिभेन्सनले आठौं विकेटका लागि ४९ रनको साझेदारी गर्दै अमेरिकालाई खेलमा फर्काउन खाजेका थिए । क्यामरनलाई १९ रनमा आउट भए ।
करण केसीले ४ तथा सुशन भारीले ३ तथा विकेट लिए । सन्दीप लामिछानेले २ विकेट तथा कुशल मल्लले १ विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४९ ओभर २ बलमा १ सय ९१ रनमा अल आउट भएको थियो । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले महत्वपूर्ण अर्धशतकीय इनिङ खेले । विनोद भण्डारी सर्वाधिक ५९ रनकोयेगदान दिए । डेब्यू खेलमा कुशलले ५० रनको कीर्तिमानी इनिङ्स खेले । यससँगै कुशल ओडीआईमा कम उमेरमा अर्धशतक पुरा गर्ने विश्वकै कान्छा खेलाडी बने । कुशलले ४९ बलमा डेब्यूअर्ध शतक प्रहार गरेका थिए । यस अघि यस कीर्तिमान नेपालका रोहित कुमार पौडेललको नाममा थियो । उक्त कीर्तिमान रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा गत वर्ष यूएईसँगको दोस्रो वान डे खेलमा ५५ रन जोड्दै बनाएका थिए । जसक्रममा रोहितले भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर र पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोड्न सफल भएका थिए । संयोगनै मान्नुपर्छ आज रोहितकै स्थान लिएका कुशलले उक्त विश्व कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । कुशलले ब्यक्तिगत ३८ रनमा जीवनदान पाएका थिए । एक समय ४९–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई बलियो योगफल सम्म पु¥याउन छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ओपनर सुवास खकुरेल ३ रनमा आउट भए । दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र २१ रनमा क्याच आउट भए । उप कप्तान दीपेन्द्रसिंह ऐरी शून्यमा पेभेलियन फर्कए ।
पारस १९ रनमा क्याच आउट भएपछि नेपाल संकटमा परेको थियो । आरिफ शेख २ रनमा पेभेलिएन फर्कदा नेपाल ४९–५ को कमजोर अवस्थामा पुगेको थियो । करण केसीले १२ रन जोडे । सुशन भारीले ११ र अभिनाश बोहराले ५ रन जोडे । क्यामरन स्टिभेन्सनले ३ तथा कप्तान सौरभ नेत्रवलकारले २ विकेट लिए । रस्टी थेरन २ तथा करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले समान १–१ विकेट हात पारे नेपालले आइतबार ओमानसँग खेल्ने छ ।