काठमाडौं – नुवाकोटको पञ्चकन्या गाँउपालिका थप्रेकले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता आफ्नो गाँउपालिकाकी अनु अधिकारीलाई नगदसहित सम्मान गरेको छ । अनुले करातेको कुमुेतमा स्वर्ण पदक जितेकी थिइन् ।
उनलाई सम्मानपत्र सहित ५० हजार रुपैयाँले समान गरिएको थियो । त्यस्तै रजत पदक पविजेता अनिता अधिकारी भण्डारीलाई ३० हजार रुपैयाँले सम्मान गरिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलाडीलाई सम्मान गरेका थिए ।
त्यस्तै नुवाकोट जिल्लामा जन्मेर १३ औं सागमा स्वर्ण पदक विजेता बन्न सफल फुटबलका अभिषेक रिजाल, लक्ष्मी मगर र बृद्धिबहादुर तामाङलाई समान १५ हजार रुपैयाँ प्राप्त गरियो । त्यस्तै सागका रजत र कास्य पदक विजेता मिना ग्लान, कृष्णबहादुर तामाङ, संजित डंगोल, अस्मिता राई, अञ्जु तामाङ, रेजिन रिमाल र राजिव पुडासैनीलाई समान १० हजार रुपैयाँ प्राप्त गरे ।
मंसिरमा स्वदेशमा आयोजना भएको सागमा नेपालले पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो । नेपालले ५१ स्वर्ण, ६० रतज र ९५ कास्य सहित २ सय ६ पदक जितेको थियो ।