रौतहट, असार १ – रौतहट जिल्लाको गरुडा नगरपालिका–१, जयनगरमा आज बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय ६५ वर्षीय सियाराम वनिया आज बिहान करिब ८:१५ बजे आफ्नै घर अगाडि बाँधिएको बाख्रा खोल्ने क्रममा चट्याङको चपेटामा परेका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, उपचारकै क्रममा बिहान १०:०० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाइएको छ ।
चट्याङको समयमा सावधानी अपनाउन सम्बन्धित निकायहरूले सर्वसाधारणलाई सचेत रहन समेत आग्रह गरेका छन् ।