रौतहट – राजदेवी नगरपालिका, रौतहटको आयोजनामा शुक्रबार सम्पन्न अन्तर विद्यालय आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता २०८२ सफलता पूर्वक सम्पन्न भएको छ । प्रतियोगिता श्री आधारभूत विद्यालय, लक्ष्मीपुर वेलविछवाको प्राङ्गणमा सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख िभखारी राय यादब, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, शिक्षा संयोजक, वडा अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा श्री आ.वि. चण्डिहा, राजदेवी–३ ले प्रथम स्थान, श्री मा.वि. बसतपुर ले द्वितीय स्थान, र श्री मा.वि. पथरा ले तृतीय स्थान प्राप्त गरेका छन् । राजदेवी नगरपालिकाले प्रतियोगितामार्फत विद्यार्थीहरूको वक्तृत्व क्षमता तथा अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्य राखेको बताइएको छ । नगरपालिकाले सहभागी सबै विद्यालय तथा सहयोगी पक्षप्रति आभार व्यक्त गर्दै विजेता विद्यालयहरूलाई बधाई तथा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।











