रौतहट : पूर्व-पश्चिम राजमार्गअन्तर्गतको चन्द्रपुर-१ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बिहीबार बिहान दुर्घटनामा परेर सोही ठाउँका ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
अपरिचित सवारीले ठक्कर दिएका कारण लिम्बुको मृत्यु भएको हो। हालसम्म गाडीको नाम र नम्बर पत्ता नलागेका कारण प्रहरीले सवारीको तिब्र रुपमा खोजी गरिरहेको छ। स्थानीयले शव राजमार्गमै राखेर घटनाको बिरोध स्वरुप राजमार्ग अवरुद्ध गरेका छ्न्।
अहिले घटनास्थल पुगेर प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।











