आँखा सम्बन्धी जनचेतना मूलक छोटो भिडियो अनलाइन यू ट्यूब खुल्ला प्रतियोगिताको नतिजा आज प्रकाशन

367

रौतहट । “हाम्रो जिम्मेवारी आँखाको सबैको साझेदारी” मूल नाराका साथ परोहा नगरपालिका स्वास्थ्य शाखा र तराईटप अनलाइनको आयोजनामा प्रथम पटक भएको आँखा सम्बन्धी जनचेतना मूलक छोटो भिडियो अनलाइन यू ट्यूब खुल्ला प्रतियोगिताको नतिजा आज प्रकाशन गरिएको छ ।

प्रकाशित नतिजा अनुसार जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं. ९ का तथा नेपाल डिजिटल एजूकेशन प्रा.लि. विरगंजमा अध्ययनरत मानसी सिंह प्रथम गरेकी छिन् भने पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं. १६ का तथा त्रिजुद्ध महादेव प्रसाद रघुविर राम टेक्नोलोजी सेकेन्डरी स्कूल विरगंजमा अध्ययनरत प्रकाश कुमार राउत दोस्रो गरेका छन् ।

महोतरी जिल्ला मनरा सिसवा २ का तथा नेपाल मोनास्टिक नेशनल एकेडेमी जनकपुरधाममा अध्ययनरत अर्या पाण्डे तेस्रो गरेका छन् । मोनास्टिक इन्टरनेशनल एकेडेमी गौर रौतहटका समूहगत भिडियो चौथो र महर्षि बालमिकि आवसिय माध्यमिक विद्यालय गौरका अनिसा कुमारी यादव पाँचौ स्थान प्राप्त गरेकी छिन् ।

आँखा सम्बन्धी जनचेतना मूलक छोटो भिडियो अनलाइन यू ट्यूब प्रतियोगिताका लागि २७६ भिडियो प्राप्त भएको जसमा भिउवरको आधारमा नतिजा प्रकाशन गरिएको जानकारी आँखा अस्पताल गौरका कर्मचारी सत्येन्द्र पाण्डेले दिएका छन् । वहाँका अनुसार प्रथमलाई ५१००।००, दोस्रोलाई २१००।००, तेस्रो, चौथो र पाँचौलाई ११००।०० का दरले नगद पुरस्कार दिइनेछ भने २२ जनालाई रु १००।०० को रिचार्ज कार्ड सम्मान स्वरुप दिइनेछ ।

परोहा नगरपालिकाले २०८१ श्रावण ८ गते सूचना प्रकाशन गरी २०८१ भाद्र ७ गते बेलुका ५ बजे सम्म आँखा स्वास्थ्य सम्बन्धी जनचेतन मूलक छोटो भिडियो पठाउनु पर्ने जानकारी गराएका थिए । सो अनुसार भाद्र ७ गते बेलुका ५ बजे सम्म प्राप्त भएको २७६ वटा भिडियोलाई २०८१ भाद्र ८ गते बिहान ८ बजे यू ट्यूबमा अपलोड गरिएको थियो । अपलोड गरिएको भिडियोलाई २०८१ भाद्र १४ गते राती १२ बजे सम्म प्राप्त भिउवरको आधारमा नतिजा प्रकाशन गरिएको जानकारी कर्मचारी पाण्डेले दिएका छन् ।

वहाँका अनुसार चौथो र पाँचौ स्थान प्राप्त गर्नेलाई नेपाल नेत्र ज्योती सँघ गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंहबाट प्रदान गरिने जानकारी गराए ।