जन्ती बोकेको गाडी नहरमा खस्यो, २ जनाको मृत्यु

116

रौतहट । रौतहटको गढिमाई नगरपालिकामा (बरात)जन्ति सवार भारतीय नम्वरको स्कारपीयोे शुक्रवार विहान पल्टेर दुर्घटना हुँदा त्यसमा सबार दुई जनाको मृत्यु भएका छन् ।
रौतहटबाट सर्लाही तर्फ जाँदै गरहेका एचआर ७० डी ८३८२ नम्वरको भारतीय स्कारपीयो गाडी अनियन्त्रित भई आज विहान ९ बजेको समयमा नहरमा पल्टिएर उक्त दुखद दुर्घटना भएका हुन् । गढिमाई नगरपालिका वडा नम्वर ६ सिंगारमन धर्मपुर सडक खण्डको नहर स्थित धनारी गाउँबाट जन्ति लिएर जादै गरेको उक्त गाडी नहरमा खस्दा काठमाडौंका ५५ बर्षिय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा गाउँपालिका वडा नम्वर ३ सुन्दरपुरका रबिन्द्र पण्डितको ७ बर्षिया छोरी स्वेता पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
भारतीय नम्बरको स्कार्पियो जिपमा १२ जना सवार रहेको मध्ये ५ जना सकुशल रहेको, घाइते ३ जना नाम थर वतन नखुलेको स्थानिय अस्पताल तर्फ उपचारको लागि लगिएको तथा चालक वेपत्ता रहेको हुँदा निजको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् । घाइतहरुकोे रौतहटका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।