रौतहट । रौतहटको राजपुर नगरपालिकामा नेपाली काँग्रेसद्धारा वृहद जनसभामा अप्रत्यासित रुपमा जनताहरुको उपस्थितिबाट जिल्लाभरी राजपुरको कार्यक्रमले सबैको ध्यानाकर्षण गराए ।
नेपाली काग्रेसका नेता एवं तत्कालिन साँसद मोहम्मद आफताव आलमलाई राजपुर बम बिस्फोट जस्ता मुद्दामा आरोपी बनाएर सजाय तोक्न कुनै प्रमाण नहुँदा समेत जन्मकैदको फैसला जिल्ला अदालतबाट अएपछि नेपाली काँग्रेसको दुई नम्वर क्षेत्रिय समितिले आयोजना गरिएको वृहद जनसभामा उपस्थित काँग्रेसी नेता एवं कार्यकर्ताहरु नभई अप्रत्याशित रुपमा जनताहरुको उपस्थितिले राजपुर मात्रै नभई सिंगो रौतहट जिल्लाको ध्यान राजपुर तिर तानियो ।
नेपाली काँग्रेस क्षेत्र नम्वर दुईका क्षेत्रिय सभापति शेख फैजुल्लाहद्धारा हस्ताक्षरित विज्ञप्तीका आधारमा उपस्थित भएका हजारौं जनमासका विच मञ्चासिन भएका वक्ताहरुले आलम प्रति समर्थन जनाउदै अदालतको त्रुटिपूर्ण निर्णय प्रति असन्तुष्टि प्रकट गरियो ।
मधेश प्रदेशका शिर्ष नेताहरु र जिल्ला सभापति उपस्थित नभएपनि जिल्लाको उपसभापति रामलोचन, सचिव रामचन्द्र गिरी लगायतका वहुसंख्यक जिल्ला कमिटी सदस्यहरुको साथै रौतहटको हरेक तह तप्काबाट नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरु स्वस्फूर्त रुपमा उस्थिति भई नेता आलम प्रति भएको अन्यायको खुलेर प्रतिबाद गरे ।
प्रमुख अतिथिको रुपमा उपस्थित भएका आलमका छोरा डा. फिर्दोष आलमले नेपाली जनताको लागि समर्पित रहेका हाम्रो परिवार हरेक समयमा निकै संघर्ष गर्दै यहाँ सम्म आएको बताउदै पहिलो संविधान सभाको समयमा भए नभएका घटनाको दोषि ठहर हुने कुनै सामान्य प्रमाण समेत नरहेको अवस्थामा विभिन्न जालझेल गरेर सजाय सुनाउनु न्याय व्यवस्था सर्वसधारणको विश्वास गुम्दै गएको जिकिर गरे ।
पूर्व मन्त्री समेत रहिसकेका नेका नेता आलम अहिले नख्खु जेलमा कैदीबन्दी सरह जिवन यापन गर्न बाध्य रहेको बताउदै उनले विना प्रमाण जन्मकैदको फैसला दिनुबाट स्पष्ट रुपमा झल्किन्छ की उहाँ विरुद्ध सम्पूर्ण शक्तिहरु एक जुट भएर लागि परेको आक्रोश व्यक्त गरे ।
नेपाली काँग्रेसका सचिव रामचन्द्र गिरीले पूर्वमन्त्री आलम सहितका व्यक्तिलाई विनाप्रमाण मुद्दा चलाएर कारागार चलान गरिएकोमा आम जनतालाई जानकारी दिने र रिहाइका लागि दबाब सिर्जना गर्ने उद्देश्यले वृहद जनसभाको आयोजना गरिएको बताए । पूर्वमन्त्री आलम निर्दोष रहेको र बाहिरी योजना अनुसार देशीविदेशी शक्तिको दवावमा कारागारमा राखिएको दाबी गर्दै बिना प्रमाण आलम विरुद्ध गरिएको अन्यायपूर्ण फैसलालाई पुनरविचार गर्नुपर्ने जिकिर गरे ।
रामलोचन, शेख वकिल, डा. राजिक आलम, देवचन्द्र झा, हृदयनारायण यादव, रामश्रेष्ठ साह, क्षेत्रिय सभापति रामस्नेही यादव, लगायत दर्जनौं नेपाली काँग्रेसका नेताहरुले आलम प्रति एक्युबद्धता जनाउदै उहाँ माथि भएको अन्यायलाई न्यालयले पुनरविचार गर्नुपर्ने हजारौं जनमानस समक्ष प्रतिबद्धता जनाए ।
क्षेत्रिय सभापति शेख फैजुल्लाहको सभापतिमा सम्पन्न भएको उक्त वृहद जनसभा कार्यक्रमलाई तरुण दलका जिल्लाध्यक्ष एवं केन्द्रीय सदस्य नौसाद आलमले संचालन गरेका थिए । डा. कौशर आलमका अनुसार आजको वृहद जनसभामा हजारौंको संख्यामा जनमानसको उपस्थिति प्रति उनले धन्यवाद दिए ।