मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

146

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो। बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।