गौर नगरपालिकाका नगर प्रमुख साहले नेपाल पत्रकार महासंघ रौतहटको माध्यमले ५१ हजार नगद हस्तान्तरण

217

रौतहट ।। जीवन र मृत्यु बिच संघर्ष गरि राखेका पत्रकार रविन्द्र मन्डलको उपचारमा गौर नगरपालिकाले नेपाल पत्रकार महासंघ रौतहटको माध्यमले ५१ हजार नगद हस्तान्तरण गरेको छ । सो रकम गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले हस्तान्तरण गर्नु भएको छ ।

अत्यन्तै चिन्ताजनक अवस्थामा उपचारार्थ रहेका पत्रकार रविन्द्र मन्डललाइ गौर अस्पतालमै आएर ५१ हजार रुपैया नगद सहयोग गरेका छन । नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव रबिन्द्र मण्डल आज जीवन र मृत्यु संग लडदै गौर अस्पतालमा भर्ना भएको छ । रकमको अभावमा डाक्टरले समेत उपचार गर्न नसकिने भने पछि बाध्यतामा गौर अस्पतालमा राखिएको छ ।

मा कल्याणी बस दुर्घटना हुँदा घाइते भइ उपचारको क्रममा रहनु भएका पत्रकार मन्डललाई बस संचालकले कुनै अवस्था न राखेपछि आफ्नो सम्पुर्ण सम्पत्ति बेचबिखन गरि उपचारमा खर्चमा लगाएको उनका श्रीमति बताउछिन् । नेपाल र भारतको नामुद अस्पतालमा उपचार गराउदै पैसाको अभावमा अब उपचार गराउन नसकिने हुदा अन्तिम अवस्था केही नलागेपछि गौर अस्पतालमा उपचारार्थको लागि इमेर्जेन्सिमा भर्ना गराएको छु । उनकी श्रीमति अँखा भरि आशु पुछ्दै बताउछिन । माधवनारायण नगरपालिकामा कार्यरत पत्रकार मण्डल कार्यालयको कामविषेशले काठमाडौ बाट फर्किने बेला बस दुर्घटना भएको थियोे । नगरपालिकाले पनि कुनै किसिमको सहयोग गरेनन् बताएकी छिन ।