गौर, ११ चैत्र । गौर नगरपालिका वडा नंं. ५ मधेशी क्रान्ति चौक स्थित आईबिए विधालयले प्रत्येक साल आयोजना गर्दै आईरहेको डान्सबेबी प्रतियोगितामा एलकेजीमा अध्ययनरत मेघा कुश्वाहाले आफ्ना प्रतिस्पर्धिहरुलाई पछि पार्दै विजेता बनेकि छिन् ।
उक्त बिधालयले एलकेजी र युकेजी पढने १२ जनालाई डान्स बेबी प्रतियोगितामा सहभागी गराएको थियो । सो प्रतियोगिताको प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले खेलकुद सप्ताहका विजयी खेलाडीहरुलाई र डान्सबेबी प्रतियोगितामा सहभागी भएका सबै विधार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगितामा दोस्रो एलकेजी कै रितीका पटेल र तेस्रो एनजल कुशर भएका थिए ।
नगर प्रमुख गुप्ताले आईविए विधालयको प्रशंसा गर्दै गुण्स्तरिय शिक्षामा ध्ययान दिन सके सागरमाथाको चुचरोमा पुग्न सकिन्छ भन्दै प्रअ सन्तोष पौडेलको खुलेर प्रसंसा गरेका थिए ।
आईविएले खेलकुद लगायत संस्कृतिक र सांगितीक क्षेत्रमा आफ्ना विधार्थीलाई अब्बल बनाउन कुनै कसर् बाँकी नराखिने कुरा प्रअ पौडेलले बताए ।