श्याम गुप्ता २० फागुन वीरगंज । नेपाली काँग्रेस पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री सहिँत उनको पुरै प्यानल विजयी भएको छ ।
नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्तर्गत बिहिवार भएको मतदानको शुक्रवार विहान आएको अन्तिम मतगणनाको नतिजा अनुसार संस्थापन पक्षका उम्मेदवार विजयी भएका हुन् । क्षेत्री ४ सय ६५ मत अन्तरले विजयी भएका हुन् ।
क्षेत्रीले एक हजार एक सय १० मत प्राप्त गरेका छन्, भने संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत पाएका छन् । सभापतिमा निर्वाचित क्षेत्री तत्कालिन जिल्ला विकास समिति पर्साका पूर्व सभापति समेत हुँन् ।
उप सभापतिमा क्षेत्री प्यानल कै रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता विजयी भएका छन् । कुर्मीले एक हजार २ सय ३५ मत र गुप्ताले एक हजार एक सय २ मत प्राप्त गरेका छन् ।
त्यस्तै उप सभापतिका पटेल प्यानका उम्मेदवार डा. कृपा सिन्धु चाैधरीले ५ सय ८५ मत र राजु कुमार गुप्ताले ४ सय ८२ मत पाएका छन् ।
सचिवमा क्षेत्री प्यानल कै इम्तियाज आलम र दिनेश कुमार चाैधरी विजयी भएका छन् । आलमले एक हजार एक सय ७ मत र चाैधरीले एक हजार एक सय ५९ मत प्राप्त गरेर विजयी भएका छन् । भने, पटेल प्यानलका विश्वराज घिमिरे ४ सउ ६५ मत र विरेन्द्र यादवले ५ सय ९७ मत पाएका छन् ।
सह सचिवमा क्षेत्री प्यान कै नविन कुमार सिंह र मदन राउत अहिर विजयी भएका छन् । सिंहले सब भन्दा बढी एक हजार २ सय ५३ मत र अहिरले एक हजार एक सय ११ मत प्राप्त गरेका छन् ।
त्यसैगरी पटेल प्यानका लुकमान अंसारीले ४ सय ५१ र दिलिप राज कार्कीले ५ सय ८२ मत पाएका छन् ।
क्षेत्री प्यानललाई संस्थापन पक्षका नेता पार्टीका केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, नेता अनिल रुगंटा लगायतका नेताकाे समर्थन रहेकाे थियाे ।
पटेल प्यानललाई संस्थापन इतर पक्षका नेता निर्वतमान जिल्ला सभापति अजय द्विवेदी, नेता राजेन्द्र बहादुर अमात्य लगायतका नेताहरुकाे समर्थन रहेकाे थियाे ।
त्यसै क्रममा विजय भएका पदाधिकारीहरुलाई नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ता र राहुल कुमार गुप्ताले फुलमाला लगाई स्वसगत गरेका थिए ।