यी हुन् एमालेका ७ प्रदेशका नयाँ इन्चार्ज

537

काठमाडौंः नेकपा एमालेले सातवटै प्रदेशको इन्चार्ज तोकेको छ। आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो। बैठकले प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे, २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारीलाई जिम्मेवारी तोकेको हो।

त्यस्तै गण्डकी प्रदेशमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।