Home समाचार राहतको सामग्री लुटपाट गरेको आरोपमा प्रहरीले पर्साबाट पाँचजनालाई पक्राउ

राहतको सामग्री लुटपाट गरेको आरोपमा प्रहरीले पर्साबाट पाँचजनालाई पक्राउ

1782

वीरगञ्ज – राहतको सामग्री लुटपाट गरेको आरोपमा प्रहरीले पर्साबाट पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ पचरुखी टोल बस्ने २८ वर्षीय श्याम कुमार शर्मा, १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्द्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेका छन् ।

पक्राउ परेका उनीहरुले लकडाउनबाट समस्यामा परेका अति विपन्न गरिबहरुको लागि पचरुखी टोलमै राहत वितरण गर्नेक्रममा राहत बाँड्ने व्यक्ति माथि हातपात गर्दै खाद्यान्न लगायतका राहत सामग्रीहरु लुटेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय एकटाँगा र र पटेर्वा सुगौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका पाँचैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

देश सञ्चार