Home समाचार कर्णाली प्रदेश सरकारले पठाएका गाडीलाई दैलेख जिल्ला प्रशासनले रानिमतामा रोकेर फिर्ता पठायो।

कर्णाली प्रदेश सरकारले पठाएका गाडीलाई दैलेख जिल्ला प्रशासनले रानिमतामा रोकेर फिर्ता पठायो।

923

खगेन्द्र हमाल कर्णाली प्रदेश सरकारको पहलमा गाडी रिजर्ब गरेर हुम्ला, जुम्ला, कालिकोट र मुगु पठाइएका ३ वटा बसहरू दैलेख जिल्ला प्रशासन कार्यालयले रानीमत्तामा रोकेर फिर्ता पठाइदिएको छ ।भारत तथा नेपालकै विभिन्न जिल्लाहरुबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्नुको सट्टा दैनिक जसो कर्णालीका विकट जिल्लामा पठाउने काम गरेको समाचार ब्यापकरुपमा मिडियामा आएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राति नै ती पठाईएका गाडीहरुलाई जिल्लाको सीमाभित्र नआउन निर्देशन दिएका थिए। प्रहरी कार्यालय रानिमत्ताका असई चन्द्रलाल गिरीले १८२ जनाभन्दा बढीलाई जहाँबाट आएका हुन्, त्यहीँ फर्काएको बताए ।राति ३ बजे तिर केही गाडीहरू आएको र बिहान ८ बजे पनि ३ वटा बस आएका उनले बताए।बिहान ८ बजे आएका बसहरुलाई सोधपुछ गर्ने क्रममा प्रदेश सरकारको आदेशमा आएको भनेर बस चालकको जवाफ पछि दैलेख सीडीओ वा डीएसपीको मौखिक आदेश अथवा प्रदेश सरकारको लिखित आदेश ल्याउन भनेको बताए। लक–डाउनको यस्तो अवस्थामा गाडी चलाउन नपाईने भएकोले ती ४ वटा बस, एउटा मोटरसाइकल, १ हाइस रोकेर सुर्खेततर्फ नै फर्काइदिएको बताए । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कोरोनाका संक्रमण फैलने खतरा भएका कारण गाडीहरू रोकिएको बताए । देश नै लक–डाउनको अवस्थामा रहेको बेला स्थानीय सरकारले क्वारेन्टाइनमा राख्ने भनेर लिखित कागज ल्याएको बाहेक अन्य अवस्थामा माथिका जिल्लामा नागरिकलाई पठाउन नसकिने भएकोले जति गाडी आउँछन् ती गाडीलाई उतै फर्काइदिनू भनेर निर्देशन दिएको बताए । क्वारेन्टाइनमा बसालेर सरकारले पठाएको खण्डमा मात्रै अब गाडी माथि जान दिईने जिकिर गरे। प्रदेश सरकारले पठाएको गाडीलाई रोकेको र कोरोना त्रासबाट बचाएकाले सीडीओको कार्य एकदमै प्रशंसनीय रहेको राकम कर्णालीका वीरबहादुर माझीले बताए । जाँच नगरिएका नागरिकलाई जथाभावी पठाउँदा कोरोना कर्णालीभर फैलिन सक्ने खतरा हामीले देखेका थियौं सीडीओले रोकेर असाध्यै राम्रो काम गरेको बताए ।गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज वलीले प्रदेश सरकारले जथाभावी नागरिक पठाउँदा आफूहरूलाई तनाव भएको बताए । कम्तिमा क्वारेन्टाइनमा राखेर नागरिक पठाउनुपर्ने अवस्था थियो तर सरकारले गाडीमा भरेर मान्छे पठाउन थाल्दा जनमानसमा झन त्रास बढ्दै गएको बताए। प्रदेश सरकारले कम्तिमा कोरोनाबारे सचेततापूर्वक ध्यान दिई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर मात्रै जिल्ला पठाउनुपर्नेमा लापरवाही गरेको बताए।