आँखा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

103

रौतहट, २ असोज । परोहा नगरपालिकामा आँखा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको बुधवार आयोजना गरियो ।
परोहा नगरपालिकाको लौकाहा स्थित नगर अस्पतालमा आज विहान ९ बजे देखि निःशुल्क रुपमा आँखा शिविरको आयोजना गरेर गरिव, असहाय, गौर जान नसक्नेलाई विशेष प्राथमिकताको साथै सबै बर्ग समुदायका महिला, पुरुष, बालबालिकाहरुको आँखाको परिक्षण गरिएर औषधी, चश्मा र निशुल्क सर्जरी गरिने भएको हो ।
सेवा फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको आयोजनामा तथा परोहा नगरपालिकाको समन्वयमा एवं स्थानीय आयोजनामा सुरु भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ४६३ जना स्थानीयहरुले आँखाको परिक्षण गराएका छन् ।
निःशुल्क स्वास्थ्य शिविरमा आएका ४६३ जना विरामीहरु मध्ये २२६ जनालाई चश्मा, १०४ जनाको आँखामा मोतिया बिन्दु रोग लागेकोलाई परोहा देखि अस्पताल सम्म बस र निशुल्क रुपमा सर्जरी गरिने गौर आँखा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
त्यती मात्रै नभई शिविरमा आएका ३२७ जनालाई आँखामा हुने सामान्य समस्यालाई समाधान गर्ने हेतु औषधी वितरण गरिएको जानकारी दिदै कार्यक्रम संयोजक पाण्डेले गौर आँखा अस्पतालको नेत्र विशेषज्ञहरुले परिक्षण गरेको बताए ।