डा. सीके राउत असोज ७ गते सोमबार रौतहट जिल्ला आउदै

334

रौतहट । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य माननीय डा.सी.के.राउत आफ्ना नेता कार्यकर्ताहरू लाई दशैंको पूर्व संध्यामा प्रशिक्षण तथा शुभकामना दिन असोज ७ गते सोमबार रौतहट जिल्ला आउदै छ ।

कार्यक्रम मा बिशेष गरी जिल्लामा रहेको सबै केन्द्रीय र प्रदेश स्तरीय समितिहरु,पालिका पदाधिकारीहरु,वडा समितिका अध्यक्ष र सचिव साथै जिल्ला समनव्य समितिका सदस्यहरु लाई डा.राउत कै प्रमुख आथित्यमा प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला वनपैदावार आपुर्ति समिति रौतहटका सदस्य बिकास कुमार यादवले जानकारी गराए ।

नेता यादवका अनुसार जनमत पार्टीले आगामी निर्वाचन लाई लक्षित गरि U24 अभियान लाई अझ सशक्त बनाउन कार्यकर्ताहरु लाई प्रशिक्षण अति जरुरी भएकोले अध्यक्ष राउत आफैं मेचि महाकाली प्रशिक्षण अभियान चलाएको छ। यो अभियान को श्रीगणेश यहि भाद्र ३० गते बर्दिया बाट प्रारम्भ गरि असोज २४ गते झापा जिल्ला मा समापन गर्ने तालिका रहेको जनाईएको छ ।