घोडा खच्चरको संरक्षण सम्बन्धी कार्यशाला गोष्ठी गौरमा सम्पन्न

25

रौतहट । रौतहट सदरमुकाम गौरमा पहिलो पटक घोरा खच्चरको संरक्षण हेतु “सरोकारवालाहरु संग सुझाव संकलन तथा पृष्ठपोषण” सम्बन्धि एक दिने कार्यशाल गोष्ठी गोरमा सम्पन्न भएको छ ।
द डंकी सेन्चुरीको आर्थिक सहयोगमा ग्रेलैप फर गुड परियोजना अन्तर्गत गौर स्थित सिया प्यालेसमा शुक्रवार आयोजित कार्यक्रम सरकारबाला पक्ष संग घोरा खच्चरको कसरी संरक्षण गर्ने विषयमा वृहद रुपमा छलफल गरिएको हो ।
गौर नगरपालिकाको मेयर शम्भु साहले बदलिदो एवं आधुनियक युगमा घोडाखच्च प्रति उदाशिनता छाएको हुँदा पेशाकर्मीहरु घोडा छाडेर इलेक्ट्रीक साधन तर्फ आकर्षित भएकोमा यो पेशा लोप हुन लागेको महसुस गरे । विभिन्न चाँड पर्व, धार्मिक अनुष्ठान, विहेवारीमा राम्रा राम्रा घोडाको माग रहेकोमा उन्नत जातका घोडा पालेर आ आफना पेशालाई निरन्तरता दिन सुझाव दिदै त्यस कार्यमा नगरपालिकाबाट हुने सक्दो प्राविधिक तथा अन्य सहयोगको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
सो कार्यक्रममा श्रोत व्यक्तिको रुपमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा (एएचटिसीएस) का सदस्य केशर रानाभाट, एएचटिसीएसका पोखराका वेलफेयर फैसिलिेटटर रमन मिश्रा, हेल्थ कन्सर्नकाका रिसर्च फिल्ड अफिरद्धय जिज्ञासा भटराई र विश्मीता बस्नेत तथा वातावरण क्षेत्र (पेशवान) का फिल्ड अफिसर सम्राट घिमिरेले घोडा खच्चरको संरक्षण एवं सम्बर्धन सम्बन्धी जानकारी मुलक सन्देश दिए थिए ।
पहिलो चरणमा नेपालको चार वटा जिल्लामा सर्वे भईरहेको छ । पहाडको आछाम, जाजरकोट र तराईका बाँके, रौतहटमा यो कार्यक्रम गर्दै आईपुगेको एएचटिसिएसका सदस्य केशर रानाभाटले बताए ।
सो कार्यशाला गोष्ठिमा टाँगा व्यवसायीहरु, पशु चिकित्सक, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको एएचटिसिएसका रमण मिश्राले जानकारी दिए ।
नेपालमा आसमान नेपाल, एएचटिसिएस, पेशवान र हेल्थ कन्सर्न गरी चार वटा संस्थाले यो कार्यक्रमलाई संचालन गर्दै आएको छ ।