वीरगञ्ज । पर्सा प्रहरीले १५ केजी प्रतिबन्धित लागू औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नं.३ पमौल गम्हरिया बस्ने अन्दाजी बर्ष ३८ का रफिक महमद रहेका छन् । उनले आफ्नैघरमा लागु औषध गाँजा लुकाई छिपाई प्लाष्टिकको झोला भित्र लुकाई राखिएको अवस्थामा १५ केजी गाँजा बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।