माधवनारायणको पहिलो तल्लाको छत ढलान शुरु, मेयर यादवले गरे पुजा ।

56

रौतहट / रौतहटको माधवनारायण नगरपालिका कार्यालयको पहिलो तल्लाको छ्त ढलान कार्य शुरु भएको छ । माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले आज पुजागरी नगरपालिका कार्यालयको पहिलो तल्लाको छ्त ढलान शुरु गरेका छन । करोडौको लागतमा तीन तल्ला निर्माण हुन लागेको पालिकाको आफ्नै प्रशासकिय भवनको पहिलो तल्लाको छत ढलान शुरु गरिएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताएका छन ।

जिल्लामै पहिलो पटक लिफ्ट सहितको निर्माण हुन लागेको पालिका कार्यालय भवनको दोस्रो तल्लाको पनि आउदो कार्तिकमा छ्त ढलान गराइ २०८२ बैशाखदेखि पालिका कार्यालयको भवनको उद्घाटन गर्ने लक्ष्य राखिएको माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताएका छन् । माधव नारायण नगरपालिकाले आउदो बैशाखदेखि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने गरि नगरपालिका कार्यालय भवन निर्माणको काम द्रुत गतिमा अगाडि बढाइएको नगर प्रमुख यादवले बताए । नगरपालिका कार्यालयको आफ्नो भवन नहुँदा स्थापना भएदेखि नै भाडाको घरमा सञ्चालन हुँदै आएको छ । यस अघि जनता समाजवादी पार्टी नेपालबाट मेयरमा निर्वाचित बिरेन्द्र प्रसाद यादवले आफ्ना पाँच वर्षको कार्यकाल पूरा गरेपनी नगरपालिका कार्यालयको आफ्नो भवन निर्माण गराउन सकेन तर दोस्रो स्थानिय तहको निर्वाचनमा मेयरमा निर्वाचित बैजनाथ प्रसाद यादवले निर्वाचित भएको दुई वर्षमै माधव नारायण नगरपालिका कार्यालयको भवन निर्माणका लागि छत ढलान गराउन सफल भएका छन ।

माधव नारायण नगरपालिका-६ माधोपुरमा निर्माण भइरहेको पालिका कार्यालयको पहिलो तल्लाको छत ढलान कार्यको मेयर यादवले शुरूवात गरेका हुन । आउदो २०८२ साल बैशाखमा सो पालिका कार्यालयको भवनको उद्घाटन हुने भएको छ । बैशाखदेखि माधव नारायण नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने लक्ष्य राखेर भवन निर्माणको काम अहिले द्रुत गतिमा अगाडी बढाइएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताएका छन । माधव नारायण नगर प्रमुखमा बैजनाथ प्रसाद यादव निर्वाचित भएदेखि नै नगरपालिकामा एकपछि अर्को जनताको चाहना अनुसारको जनमुखि बिकाश निर्माणको कार्यलाई तिब्रता दिएपछि नगरवासी निकै हर्शित भएका छन ।