भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

82

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका हुन् । शनिबार दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलमा अभिनेता सिद्धिकीलाई साम्बालाका निर्देशक मीन भाम लगायतले स्वागत गरे । शनिबार नै भारतीय फिल्म निर्देशक अनुराग कश्यप पनि नेपाल आउने साम्बालाको निर्माण पक्षले जनाएको छ ।