५ जना कैदीलाइ सजाय मुक्त

188

रौतहट ३ असोज ।। संविधान दिवस २०७८ को अवसरमा रौतहट जिल्ला कारागार कार्यालयमा कैदी जीवन विताई रहेका ५ जना कैदीलाइ सजाय मुक्त गरि रिहा गरिएको छ ।
छैठो संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्या देवी भण्डारीले गरेको सजाय माफीमा जिल्लामा अदालतबाट सजाय पाई कैदी जीवन विताई रहेका ३ जना कर्तव्य ज्यान १ जना सवारी ज्यान र १ जना हात हतियार तथा खरखजाना मुद्दाका दोषी व्यक्तिलाइ सजाय माफी गरिएको हो ।
कैद माफी गरिएको दोषीमा जिल्ला रौतहट माधव नारायण नगरपालिका २ बस्ने सवारी ज्यान मुद्दा का दोषी २४ वर्षीय सम्सुदीन साइ , कर्तव्य ज्यान मुद्दाका दोषी कटहरिया नगरपालिका १ बस्ने राम नारायण दास तत्मा , साविक जिल्ला सिन्धुली क्यानेश्वर ६ घर भै हाल रौतहटको चन्द्रपुर नगरपालिका ८ बस्ने कर्तव्य ज्यान मुद्दाका दोषी शेरप लो , सर्लाही जिल्लाको बरहथवा नगरपालिका ३ बस्ने राम दास र हात हतियार तथा खरखजाना मुदाका दोषी यमुनामाइ गाउ पालिका ४ बस्ने २६ वर्षीय दिलिप कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।