युवा जनमत संघ रौतहट द्वारा आन्दोलन को चेतावनी

759

श्रावण १६,रौतहट
जनमत पार्टीको भातृ संगठन युवा जनमत संघ रौतहटले जिल्ला अस्पताल गौरको सुधारको माग गर्दै आन्दोलनको चेतावनी दिदै युवाहरु लाई आन्दोलनको लागि तयार रहन जिल्ला संयोजक ज्वाला रणवीर उर्फ बिबेक ले आज एक विज्ञप्ति जारी गरी आवाहन गरेका छन् ।
जिल्ला अस्पताल गौरमा विरामी उपचारमा बढेको चरम लापरवाही, चिकित्सक स्वास्थ्यकर्मी र कर्मचारीहरुको गैर जिम्मेवारीपुर्ण रवैया, डिउटीमा अनुपस्थित र साधन स्रोतहरूको दुरुपयोग, आवश्यक दरबन्दीको अभाव र जिल्ला अस्पताल रिफर अस्पतालको परिचय बनाएको प्रति जनमत पार्टीको भातृ संगठन युवा जनमत संघ जिल्ला परिचालन समिति रौतहटको गम्भीर ध्यानाकर्षण भएको र जिल्ला अस्पताल गौरमा हाल रहेको बेथिति यथा सिघ्र गरिएन भने सुधारका लागि जनमत पार्टी को भातृसंगठन युवा जनमत संघ जिल्ला परिचालन समिति रौतहट, रौतहटको जनताको स्वास्थ्य संग हुने कुनै पनि खेलबाड लाई बरदास्त गर्ने छैन र वाध्यता बस जिल्ला अस्पताल सुधारका लागि कडा भन्दा कडा आन्दोलन गरिने र अस्पताल सुधारका लागि आन्दोलन गर्नका लागि तयार रहन युवाहरु हरुलाई आवाहन गर्दछौं युवा जनमत संघ जिल्ला परिचालन समिति रौतहटको जिल्ला संयोजक ज्वाला रणवीर उर्फ बिबेक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।