गैर जिम्मेवार बन्दै जिल्ला अस्पताल गौर, बिरामीको उपचारमा म्याद सकेको अौषधी प्रयोग !

77

अमित ठाकुर।रौतहट।साउन ०४। जिल्ला अस्पताल गौर दिनप्रतिदिन गैर जिम्मेवार बन्दै गएको हो। जिल्ला अस्पताल गौरमा उपचार गराउन गएका बिरामीहरु संग चिकित्सकहरुले लापरबाही गर्न सुरु गरेका छन्। जिल्ला अस्पताल गौरमा उपचार गराउन गएका १ बिरामीलाई अस्पतालबाट म्याद सकेको अौषधी दिएको बिरामीका आफन्तले जनाएको हो। जिल्ला अस्पताल गौरमा थन्क्याएर राखिएको अौषधी समयमा बितरण नगरी म्याद सकेपछि बितरण गर्न थालेका छन्। आरडिसी नेपालमा कार्यरत गौर नगरपालिका वडा नंबर ४ का अंदाजी ३० बर्षीय अर्जुन पटेल मोटरसाइकल दुर्घटनामा परी घाइते भएको थियो। घाईते पटेलको उपचार जिल्ला अस्पताल गौरमा चलिरहदा उपचारकै क्रममा अस्पतालबाट सि प्रोफ्लोक्सासिन १०० एमएल दवाईको म्याद सकिएको हुँदा पनि उपचारत बिरामीमा प्रयोग गर्न दिएको थियो। अस्पताल जस्तो संबेदनसिल ठाउँमा म्याद सकेको अौषधी प्रयोगमा ल्याउँदा संलग्न सबैलाई कानुनी कार्वाहीको दायरामा ल्याउन बिरामीका आफन्तले माग गरेका छन्। लाखौंको अौषधीहरु बिरामीको उपचारमा नलगाई अस्पतालले म्याद सकेपछि बिरामीहरुमा प्रयोग गर्न बितरण गरिएको पाईएको हो। बिरामीको ज्यान संग खेलवाड गर्दै जिल्ला अस्पताल गौरको मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साह आफू जोगिनका लागि यो दवाई अस्पतालमा स्पाई नै नभएको दावी गरे तर बिरामीका आफन्तले भने यो दवाई अस्पतालबाटै उपलब्ध गराएको हो। हामी बाहिरबाट किनेका छैनौं। जानीजानी गल्ती गर्ने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.साह गैर जिम्मेवारी जस्तो प्रकृया दिदा यस्ता चिकित्सक र स्टोर प्रमुख रामश्रे मुखियालाई कानुनी कार्वाही गर्न संबंधित निकाय संग माग गरेका छन्। डा.साहको कर्तुत बाहिर नआअोस भन्दै एचएमा अध्यनरत रहेका बिधार्थीहरुको दोष लगाउँदै आफू बच्न ट्रेनिङ्ग गरिरहेका बिधार्थीहरुमा आक्रोश पोखिरहेकाछन्।