मैथिल ब्राह्मण महासभा माेरंग द्वारा राहत वितरण

90

विराटनगर।स्थानीय सरकार जनताको समस्या बुझ्न नसकेको बेला विभिन्न समाजिक संस्थाहरुले पहल थालेका छन् । विगत लामो समयदेखि जारी निषेधाज्ञाका बिच बिपन्न परिवारलाई दुई छाक खान समस्या उत्पन्न भएको बेला समाजिक संस्थाहरुले राहत वितरण थालेको छ ।

प्रदेश तथा स्थानीय सरकारले जनताको पिडा बुझ्न नसकेको बेला मैथिल ब्राह्मण महासभा जिल्ला युवा कार्यसमितीले राहत वितरण थालेका छन् । मैथिल ब्राह्मण महासभा जिल्ला युवा कार्यसमिती मोरङ्गले अमेरिका स्थित सोशल एसोसिएशन अँफ प्रोफेसनल नेपाली इन अमेरिकाको सहकार्यमा राहत वितरण कार्यक्रम थालेको संस्थाका अध्यक्ष मनोज कुमार मिश्रले जानकारी दिए । उनले महासभाले जेठ ११ गते ५० जनालाई राहत वितरण गरिसकेको र आज करिब १ सय ५ जनालाई राहत वितरण गरिएको जानकारी दिए । उनले १५ केजीको हिसाबले चामल,दाल,नुन र आलु लगायतको सामग्री वितरण गरेको बताए । अध्यक्ष मिश्रले हालसम्म १ सय ५५ जनालाई उपल्बध गराएको राहत अझै ५ सय घर परिवारलाई उपलब्ध गराउने योजना रहेको प्रतिक्रिया दिए ।

त्यसतै यता नेपाली काङग्रेसका युवा नेता तथा समाजसेवी राजेश गुप्ताले महासभाले गरेको कार्य स्थानीय र प्रदेश सरकारको प्राथमिकता हुनु पर्ने बताए । उनले आफ्नो पालिका भित्रको जनताको जिम्मा स्थानीय सरकारले लिएर अभिभावकको भुमिका खेल्नुपर्नेमा दुबै तहको सरकार त्यसमा असक्ष्म रहेको जिकिर गरे । उनले मैथिल ब्राह्मण जस्तो समाजिक संस्थाले पहल गरेकै कारण विपन्न परिवारहरुलाई सहज भएको बताए ।

यता महासभाका उपाध्यक्ष विपिन झाले हामीले कसैलाई टक्कर नदिएर आफ्नो समाजिक दायित्व पुरा गरेको बताए । उनले सरकारले गर्नेकाम सरकारले गर्छ तर हामीले हाम्रो भुमिका र कर्तव्य निर्वाह गरेको प्रतिक्रिया दिए । र उनले यो कार्यले अझ निरन्तरता पाउने बताए ।

राहत वितरण कार्यक्रममा स्थानीय युवा,समाजसेवी,ईलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक सहितको टोलीले उपस्थिती जनाएका थिए ।