प्रदेश सरकारको रवैयाले जिल्ला अस्पतालको दुर्दशा !

219

अमित ठाकुर।रौतहट।असार ०७। प्रदेश नंबर २ सरकारको रवैयाले जिल्ला अस्पताल गौरमा दुर्दशा उत्पन्न हुन थालेका छन्। नामको लागि मात्र रहेको जिल्ला अस्पताल गौर पछिल्लो समयमा एचए र सिएमएको भरमा चल्दै आएको थियो। भने एमडिजिपी गरेर आएको एक चिकित्सकले अस्पतालको लाज बचाएको हो। एमडिजिपी गरेर आएको एक चिकित्सकले जिल्ला अस्पताल गौरमा उपचार गराउन गएका बिरामीहरु संग राम्रो व्यवहार बनाई उपचार गरिरहेको एक बिरामीले जनाको हो। जिल्ला अस्पताल गौरमा वहाँ जस्तो ब्यवहारको थप ४-५ जना चिकित्सकको आगमन हुँदा अस्पतालको केही हद सम्म समस्या टर्ने उपचारत एक बिरामीका आफन्तले जनाएको हो। जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा साह र ब्यवस्थापन समितिको कारण अस्पतालका करोडौं बजेट गत बर्ष फ्रीज भएको थियो। गत बर्ष देखि बिश्वब्यापीमा फैलिएको कोरोना भाईरसमा करोडौं रकम खर्चेको थियो। तर यस बर्ष दोस्रो भेरिएन्टको फैलिएको कोरोना भाईरसमा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.साहले उचित ब्यवस्था मिलाउन नसकेको र यसपालि पनि रकम फ्रीज हुने सम्भावना बढी रहेको स्थानीयले जनाएको हो। गत बर्ष र यस बर्ष कोरोना कालमा एनजीओ,आईएनजीअो तथा प्रदेशबाट प्राप्त मात्रामा अौषधी,सर्जिकल र उपकरणहरु आएता पनि स्टोर किपर र मेसु डा.साह बाहेक अन्य चिकित्सक तथा संचारजगतमा सार्वजनिक नभएको स्थानीयले बताएका छन्। ब्यवस्थापन समितिलाई मेडिकल सम्बन्धि जानकारी नहुँदा अस्पताल सुधारमा जस्ताको त्यसतै रहेको स्थानीयले जनाएको हो। गत बर्ष आएको बजेट सदुपयोग नभई ब्यवस्थापन समितिका अध्यक्षको कार्य कक्ष देखि कामचलाउ रङ्ग रोगन र सडक नाला ढलानमा खर्चेको पछि भागबन्डा नहुँदा रकम फ्रीज भएको स्थानीयले जनाएको हो। अस्थायी कोभिड अस्पताल गौरमा कोभिड संक्रमितलाई उपचारको नाउँमा हजारौं हजार बराबरको अौषधी सहितको समानहरु संक्रमितको कुरुवा संग बाहिरको अौषधी पसलबाट किन लगाएको एक कुरुवाले जनाएको हो।जिल्ला अस्पताल गौरमा १० वटा आईसियु बेड तथा ४ वडा भेन्डिलेटर दिएता पनि ब्यवस्थापन समिति र प्रदेश सरकारको चरम लापरबाहीले गर्दा सुचारु हुन सकेका छैनन्। जिल्ला अस्पताल गौरमा करोडौं बजेट रहेता पनि मेडिकल सुपरिटेन्डेन्ट डा. साह उक्त उपकरण सुचारु नगराई थप बजेटको पर्खाइमा बसेको स्थानीयले जनाएको हो। मेडिकल सुपरिटेन्डेन्ट डा.साहको कार्यकालमा ल्याबको ढोका ताल्चा लागेकै बेला केही उपकरणहरु चोरी भएको थियो। जिल्ला अस्पताल गौरमा अहिले प्रयोग भईरहेको एक्सरे मसिन भन्दा राम्रो रहेको एक्सरे मसिनमा सानो फोल्ट रहदा उक्त उपकरणलाई मर्मत नगराई त्यसतै थन्किएको र पछि सो उपकरणको जटिल अवस्था हुँदा कवारको भाउमा बिक्री गरदिने स्थानीयले आरोप लगाएका छन्। मेडिकल सुपरिटेन्डेन्ट डा.साह स्थानीय हुँदा कसैको कुरा नटेरेको र अस्पतालमा दादागिरीका साथ बसेको केही कर्मचारी नाम नखोल्ने सर्तमा बताएको हो। गत बर्ष पनि जिल्ला अस्पताल गौरमा ब्यवस्थापन समिति र मेडिकल सुपरिटेन्डेन्टको भागबन्डा बजेट नपुग्दा करोडौं रकम फ्रीज भएको स्थानीयले आरोप लगाएको हो। जिल्ला अस्पताल गौरमा दरबन्दी अनुसार केही चिकित्सक आउँदा मेडिकल सुपरिटेन्डेन्ट डा.साहले केही सुबिधा उपलब्ध नगराउँदा सो चिकित्सक पुण्ह आफ्नो ठाउँमा गएको एक कर्मचारीले जनाएको हो। जिल्ला अस्पताल गौरमा बारम्बार बिवाद उत्पन्न हुँदा पनि प्रदेश सरकारले कानमा तेल हालेर बसेका स्थानीयले आरोप लगाएको हो। जिल्ला अस्पताल गौरमा दर्जनौं पटक अनुगमन हुँदा सुधारका लागि आएको बजेटमा मेडिकल सुपरिटेन्डेन्ट डा.साह सहितको केही स्थानीय कर्मचारीको दादागिरीका कारण अस्पताल झन जिर्ण अवस्थामा पुगेको स्थानीयले जनाएको हो। गत बर्ष सुरु भएको नोबेल कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि आईएको बजेट कहाँ कहाँ खर्च भएको सम्बन्धमा मेडिकल सुपरिटेन्डेन्ट डा.साह अहिले सम्म सार्वजनिक नगरेको स्थानीयले जनाएको हो। पावर र पहुँचको भरमा मेडिकल सुपरिटेन्डेन्ट डा.साह जिल्ला अस्पताल गौरमा यथाबत रहेको स्थानीयले जनाएको हो। जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा.साह करिब १.५ बर्ष पहिला समायोजनमा परि अन्त ठाउँमा सरुवा भएता पनि जिल्ला अस्पताल गौरमा यथाबत रहेको स्थानीयले जनाएको हो। गत बर्ष सुरु भएको पिसिआर परिक्षणमा प्रत्येक पिसिआर परिक्षण बापत आएको रकम कहाँ खर्च भो सम्बन्धमा कसैलाई जानकारी नरहेको र कमिसनको भरमा आसेपासेलाई टेन्डर बितरण गरेको स्थानीयले जनाएको हो। यस्तो गैरजिम्मेवार र स्थानीय मेडिकल सुपरिटेन्डेन्ट रहेको हुँदा दादागिरी ढङ्गले अस्पतालका एक कुशल कर्मचारीलाई मान्सिक तनाब दिदा तत्कालै सरुवा गरि छानबिन गर्न सम्बन्धित निकाय संग स्थानीयले माग गरेका छन्। जिल्ला अस्पताल गौरमा ९ वटा डाक्टरको दरबन्दी रहेता पनि एउटा मात्र डाक्टर रहेको र एकलौटी शासन गर्दै आएको कर्मचारीले जनाएको हो। जिल्ला अस्पतालको पुरै जिम्मेवारी बाहन गर्न प्रदेश सरकारको समाजिक बिकाश मन्त्रालय दिएता पनि दुवै ठाउँ अर्थात् मा.नबल किशोर साह र मेडिकल सुपरिटेन्डेन्ट डा.साह दुवै साह रहदा मेसु डा.साहलाई जिल्ला अस्पताल गौरमा यथाबत राखेको स्थानीयले आरोप लगाएको हो। मेडिकल सम्बन्धि ब्यवस्थापन समितिलाई कुनै जानकारी नहुँदा अस्पतालको दुर्दशा भएको स्थानीयले आरोप लगाएका छन्। तर मेडिकल सुपरिटेन्डेन्ट डा.साहले तल्लो तहका केही कर्मचारीको साथमा अस्पताललाई झन डुवाएको स्थानीयले बताएका छन्।