कुहिएको चामल बिक्रीवितरणका लागि लग्दै गरेको ४५ बोरा चमल प्रहरी नियन्त्रणमा।

113

अमित ठाकुर।रौतहट।असार ७। रौतहटमा कुहिएको र किरा लागेको चामल बिक्रीवितरणका लागि ट्याक्टरमा लग्दै गरेको अवस्थामा गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो। रौतहटको गौर स्थित रहेको चामल पसलमा थन्किएर राखिएको पुरानो चामलहरुलाई सेलरमा लगि सफा गरि पुण्ह बोरामा राखि बिक्रीवितरण गर्ने उदेश्यले कुहिएको चामल सेलरमा लगिएको अवस्था प्रहरीले पक्राउ गरेको हो। रौतहटको गौरबाट ना २ त २४६१ नंबरको ट्याक्टरमा कुहिएको चामल लोड गरि राजपुर नगरपालिका वडा नंबर ३ मा रहेको रिद्धि सिद्धि सेलर मिलमा लग्दै गरेको अवस्थामा ११२५ किलो कुहिएको चामल नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सिद्धि बिक्रम साहले जनाएको हो। गत शुक्रबार सो कुहिएको चमल पक्राउ परि आवश्यक अनुसन्धानका लागि खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलङ्गवामा चेकजाँच गराउँदा सो चामलले स्वास्थ्यमा ठुलो छति पुर्याउने भनेपछि सो चामल लालबकैया नदिमा नष्ट गरिएको हो। सो कुहिएको चामलहरु गौर सहितको चामल पसलबाट विभिन्न बाहन द्वारा सेलरमा लगि सफा गरि पुण्ह बिक्रीवितरण गर्ने गरेको हो। भने चामल पसलमा अनुगमन भने शून्य रहेको हो। भने सेलर धनी राजपुर नगरपालिका वडा नंबर ५ का ७७ बर्षीय धरिछन साहलाई थप अनुसन्धान तथा कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा पढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।