काभ्रेमा एक हप्ता निषेधाज्ञा

65

बैशाख १८ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार बैशाख १९ गते राती १२ बजेबाट लागु हुने गरी एक हप्ता निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि बैशाख २६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

May be an image of text
May be an image of text

उक्त अवधिमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन । स्वास्थ्य मापदण्डको पालना गरी अत्यावश्यक सेवा भने सञ्चालन हुनेछ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट बैंकबाट इजाजत प्राप्त सहकारी सस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी माथिल्लो निकायको स्विकृती लिई आलोपालो सेवा सन्चालन गर्नु पाउने छन् ।

तर अत्यावश्यक बाहेक अन्य सेवा स्थगित गर्नुपर्ने छ । निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरु राती ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।