सबै प्रदेशमा उम्मेदवार मनोनंयनको कार्य २३ गतेनै सम्पन्न

578

नेपाल ईन्जिनियर्स एशोसिएसन को आसन्न ३३ औं केन्द्रीय कार्यसमिति तथा दोश्रो प्रादेशिक समितिको निर्वाचन का लागि केन्द्र र सबै प्रदेशमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ( सिडेन) को तर्फबाट केन्द्र र सबै प्रदेशमा उम्मेदवार मनोनंयनको कार्य २३ गतेनै सम्पन्न भएको छ ।

यसका साथै लुम्बिनी प्रदेशमा दोस्रो प्रदेश कार्यकारिणी समितिका लागि हुने निर्वाचनमा लोकतान्त्रिक समूहको नेतृत्व गर्दै सभापतिमा ई शैलेन्द्र प्रसाद श्रेष्ठले उम्मेदवारी मनोनयन गराउनु भएको छ । यो समुहबाट उप सभापतिमा ई लेख ब बस्नेत , सचिवमा ई गोविन्द पंगेनी , सह सचिव मा ई अर्जुन गिरी र कोषाध्यक्षमा ई सन्दीप रेग्मी हुनुहुन्छ ।

त्यस्तै १० सदस्यका लागी ई आरती देवकोटा, ई संकल्प बुढाथोकी,ई इश्वर जि सि , ई दर्शन तिवारी,ई प्रविन मिश्र ,ई अर्जुन पाण्डे, ई शोयव अहमद अन्सारी , ई बिद्या भुषाल,ई प्रविण जम्कटेल र ई विनय कुमार गुप्ता रहनुभएको छ । यसैगरी लुम्बिनी प्रदेशको तर्फबाट केन्द्रीय सदस्य पदका लागि ई विश्व रंजन मिश्र ले उम्मेदवारी दिनुभएको छ ।
यसभन्दा अगाडीको निर्वाचनमा लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समूहका ई कुसुम राज ज्ञवलीले नेत्रित्व गरेको प्यानलले सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य सहित बहुमत सदस्यमा विजय हासिल गरेको थियो ।