रौतहट स्थित कृषि उपज भण्डारण केन्द्र पूर्वाधार निर्माण भवनको शिलान्यास

263

रौतहट ,७ बैशाख ।। प्रदेश नम्बर २ सरकार अन्तर्गत रहेको रौतहट जिल्लाको गुजरा नगरपालिका वाड नम्बर १ स्थित कृषि उपज भण्डारण केन्द्र पूर्वाधार निर्माण भवनको शिलान्यास गरिएको छ।
भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय शैलेन्द्र शाहको बाहुलीद्वारा सो भवनको हिन्दु समाज अनुसार पुजा गरेर शिलान्यास गरेका हुन् ।
प्रदेश नम्बर २ का भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ,कृषि विकास निर्देशनालय नक्टाझिल,धनुषा र साना किसान कृषि सहकारी संस्था लि.गुजरा नगरपालिका वर्डा नम्बर १ रङ्गपुर रौतहटको संयुक्त लगानीमा सो भवनको निर्माण कार्य आज देखि शुभारम्भ गरिएको छ।
प्रदेश नम्बर २ सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहले सो भवन शिलान्यास पछी शिलान्यास कार्यक्रम समारोहको प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै भने किताबमा मात्र ‘नेपाल देश कृषि प्रधान मुलुक’ हो किसानको मनमा छैन उनले बताए।
किसान नै भएको देश किताब मा पढेर हुँदै वास्तविक व्यवहारमा प्रदेश वा देश स्तरीय कृषि प्रधान देश बुझिएको छैन मन्त्री शैलेन्द्र शाहले बताए।
हामी किसान ठुला दुई देशको बिचमा रहेको कडा प्रतिस्पर्धा को सामाना पहिलेको प्रविधिले कमजोर साबित भएको देखिएको छ,चाइना ,भारतको खाद्यान्न हामी कहाँ आईपुग्दा महगो खरिदबिक्री तर स्वदेश कै खाद्यान्नको मूल्य कम देखिएको आधुनिक प्राविधिक उपकरणको कमि उनले जिकिर गरेका थिए।
देशको ९५ प्रतिशत व्यक्ति कृषिमा आश्रति छन् तर किसानले उब्जाएको खाद्यान्नलाई उचित दर भाउ नतोएर झन किसानको मनोबल तल तिर गएको मन्त्री शाहले जिकिर गरेका थिए।