सक्रिय पत्रकारहरुलाई सदस्यताबाट बन्चित गराएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखामा तलाबन्दी

631

दिलिप पाण्डे रौतहट ,९ चैत्र।रौतहटका सक्रिय पत्रकारहरुलाई सदस्यताबाट बन्चित गराएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रबिन्द्र प्रसाद साहको मार्फत ज्ञापनपत्र बुझाइएको छ।
रौतहट शाखाको अध्यक्ष रबिन्द्र प्रसाद साहले कार्यालयमा बसिरहेका थिए रौतहटका कृयाशील संचारकर्मीहरुले सदस्यता बाट बन्चित गराएको भन्दै सदस्यता माग लगायत विषयमा ज्ञापनपत्र बुझाएर उनलाई बाहिर निकाली कार्यालयमा तल्ला बन्द गरेको छ।
रौतहट जिल्लाका कृयाशिल संचारकर्मीहरुले विगतमा नयाँ सदस्यत्ताकाको लागि पटक पटक रौतहट शाखा र प्रदेश समिति २ मा माग निवेदन दिए पनि ध्यान नदिएको र महासंघको सदस्यत्तावाट वंचित गराउने कार्य गरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामी संचारकर्मीहरुलाई नयाँ सदस्यत्ताको लागि अभिलम्ब ध्यान दिन जोडदार माग गर्दछौं । हाम्रो सदस्यत्ता पाउने अधिकारवाट वंचित नगर्न चेतावनी सहित हाम्रो मांग पुरा नभएमा चरणवद्ध आन्दोलनको कार्यक्रम संचालन गर्न वाध्य हुने कुरा यसै ज्ञापन पत्र मार्फत जानकारी गराउँद छौं। बोधार्थ नेपाल पत्रकार महासंघ , प्रदेश समिति -२ र नेपाल प्रत्रकार महासंघ केन्द्रिय समिति सिनामङ्गल , काठमाण्डौं लाई जनाइएको छ।
रौतहटको सदरमुकाम गौर स्थित नगर परिक्रमा गर्दै सदस्यता बन्चित गराउन पाइदैन ,नेपाल पत्रकार महासंघ मुर्दाबाद लगायतका नारा सहित रौतहट शाखा कार्यालय पुगेका थियो।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय शाखाले अबिलम्ब सक्रिय पत्रकारहरुलाई सदस्यता नदिए सो बिरोधमा प्रबिन पान्डेको अध्यक्षता सङघर्ष समिति पनि गठन गरिएको हो।