बलिउड अभिनेता जोनको भिडन्त सलमानसंग

287

बलिउड सुपरस्टार जोन अब्राहम अभिनीत प्रतिक्षीत फिल्म ‘सत्यमेव जयते २’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो फिल्म १३ मे अर्थात् ईदमा प्रदर्शन हुने भएको छ । पहिला ईदको एक दिनपछि अर्थात् १४ मेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । फिल्मको रिलिज डेट हेरफेर भएको जानकारी जोनले सामाजिक सञ्जालमा नयाँ पोस्टर शेयर गर्दै दिएका हुन् ।

उनले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको पनि खुलासा गरेका छन् । उनले लेखेका छन्, ‘यो ईद, सत्य भर्सेस जय लड्नेछन् यो वर्ष ।’ पोस्टरमा जोन डबल अवतारमा देखिएका छन् । मिलाप जवेरीको निर्देशनमा बनेको फिल्ममा  दिव्या कुमार खोसलाको पनि मुख्य भूमिका छ । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । यो फिल्मको अघिल्लो पार्ट सुपरहिट भएको थियो ।

‘सत्यमेव जयते २’ को प्रदर्शन मिति घोषणा भएसँगै अब बक्सअफिसमा जोनको भिडन्त अभिनेता सलमान खानसँग हुने भएको छ । यो मिति यसअघि नै ‘राधे स् योर मोस्ट वान्टेड भाई’ ले लक गरेको थियो । प्रभु देवा निर्देशित यस फिल्ममा दिशा पटानी, ज्याकी श्राफ, जरीना वहाब र रणदीप हुड्डाको पनि मुख्य भूमिका छ । ईदमा दुई फिल्मबीचको भिडन्त रोचक हुने अनुमान गर्न सकिन्छ