देव बचत तथा ऋण सहकारी संस्था लि.को आठौं साधारण सभा सम्पन्न

436

रौतहटको सदरमुकाम गौरमा कार्यालय रहेको देव बचत तथा ऋण सहकारी संस्था प्रा. लि.को आठौं साधारण सभा सम्पन्न भएको छ । विगत आठ वर्षको अवधिमा आफ्नो क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाहका साथ स्थानीय जनताको उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको उक्त संस्थाले सफलताको ८औं वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको छ ।
उक्त सभामा संस्थाका अध्यक्ष लाल बिहारी साह,गौर नगरपालिकाका उपप्रमुख किरण कुमारी ठाकुर,गौर नगरपालिका वार्ड २ का वडा अध्य्क्ष राकेश कुमार झा,गौर नगरपालिका वार्ड न ३ का वडा अध्यक्ष श्याम सुन्दर पटेल,उधोग वाणिज्य संघका अध्यक्ष ,सहकारीका कार्यकारी अध्यक्ष देवकी नेपाललगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
सो संस्थाको आ.व. ०७६÷०७७ को प्रगति प्रतिवेदना अध्यक्ष लाल बिहारी साहले वाचन गर्नु भएको थियो ।
प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताको गौर नगरपालिकाका उपप्रमुख किरण कुमारी ठाकुर, विशिष्ट अतिथिमा संस्था संघका अध्यक्ष देवकी नेपाल रहनु थियो । सो सभाको अध्यक्षता लाल बिहारी साहले गर्नु भएको थियो ।