आसमान नेपालले राजपुर नपामा निर्वाह गरेको भूमिकालाई कदर गर्छौं:- अधिकृत बैजु ठाकुर

380

रौतहट चैत १३ । रौतहटको राजपुर नगरपालिकामा आसमान नेपालले नपा भरीमा संचालनमा रहेका संस्थाहरु बिचको समन्वय बैठक आज पहिलो पटक सुरु गरेको हो र यो दोस्रो बैठक हो ।
यस कार्यक्रम अन्तर्गत स्वास्थ्य केन्द्रहरू र सेवाग्राहीहरु बिच सार्वजनिक सुनवाइ यहि मिति २०७७/१९ र २० गते हुने तय गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख शेख सकिलले भने
यो समन्वय बैठक एकदम प्रभावकी रहेको छ । साथै आसमान नेपालले राजपुर नगरपालिकामा सुशासन, स्वास्थ्य र पोषणको क्षेत्रमा ठूलो योगदान पुर्याउदै आएको यश संस्था र यहाँका संचालक हरेराम ठाकुरलाई विषेश धन्यवाद दिएका छन् ।

त्यस्तै सोही कार्यक्रममा अतिथिको रुपमा रहेको नपाका नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले आफ्नो मन्तव्य राख्दै भने आसमान नेपालले यो नपामा चलाएको उत्थान परियोजना यहाको जनताको लागि निकै नै प्रभावकारी छन् । यो संस्थाले राजपुर नगरपालिका संग राम्रो सहकार्य गरि जनसेवामुखि कार्यक्रमहरु आएको हो ।

आसमान नेपालले सुशासन, स्वास्थ्य र पोषणको क्षेत्र रौतहट जिल्लाको लगभग सम्पुर्ण नगरपालिका/गाउँपालिका, प्रदेश २ का सम्पुर्ण जिल्ला र देशका लगभग ५ दर्जन भन्दा जिल्लामा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेका छन् ।