नेपाली काग्रेस रौतहटद्वारा चर्चो विरोध

559

रौतहट ,३ माघ ।पुस ५ गते प्रधानमन्त्री केपि ओलिले सन्सद विघटन गरेकोमा रौतहटको १८ पालिका लगायत परोहा नगरपालिकामा पनि नेपाली काङ्ग्रेस पार्टीका नगर कार्यसमितिले छुट्टाछुट्टै बिरोध कार्यक्रम गरेको छ। नेपाली काङ्ग्रेस पार्टीको केन्द्रिय कार्यक्रम घोषणा अनुसार रौतहटका सबै पालिकामा सरकारका मुखिया विरुद्धमा नारावाजी सहित चर्चो विरोध गरिएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने परोहा नगरपालिका स्थिति पोखरीया टोलमा नेपाली काङ्ग्रेस परोहा नगर कार्यसमितिद्वारा अधिनायकवाद कदम चालेको केपि ओलिको विरुद्धमा विरोध रैली तथा विरोध सभा गरिएको थियो। नेपाल तरुण दल रौतहटको पूर्व सभापति एवम् परोहा नगरपालिकाको मेयर शेख वकिलले सम्बोधन गर्दै भने देशलाई नेपाली काङ्ग्रेस पार्टीले पहिला पनि संकटबाट बचाएको थियो आज पनि त्यस्तो भुमिका खेल्न कुनै कदम बाकी रहेको उनले बताए। वर्तमान अवस्था प्रधानमन्त्री केपि ओलिले भ्रष्टाचार र बलात्कारीको बढावा दिएको जिकिर उनले गरे।२००७ साल २०१५,२०३५ अथवा २०६२-६३ होस या संविधान निर्माण आदि जस्ता ईतिहासिक कार्य नेपाली काङ्ग्रेसले नै गरेको दावी गरे। पुस ५ गते प्रधानमन्त्री केपि ओलिले सन्सद विघटन धारा विना उल्लेख गरिएको प्रस्ताव राष्ट्रपति समक्ष लगे बितिकै सदर गरिएको थियो जसमा सन्सद विघटन गरि निर्वाचन मिति बैशाख १७ गते र बैशाख २७ गते हुने तय प्रस्तावमा उल्लेख गरिएको थियो। तर आफ्नो पार्टीको आन्तरिक द्वन्द समाधान गर्न नसकेर आफ्नो स्वार्थ पूरा हुने गरि सन्सद विघटन गरेकोमा सर्वोच्चमा सन्सद पून बहाली गर्न रिट परेको थियो। केपि ओलिले संविधान नै नपढी सन्सद विघटन गरेको आज सावित भयो किन भने सर्वोच्च अदालतबाट प्रस्ताव पारित कागजात फिर्ता माग्नु साबुत बाहिएको उनले बताए। काङ्ग्रेसले बिधिको शासन व्यवस्थामा विश्वास गर्ने पार्टी हो निर्वाचनबाट भाग्ने पार्टी होईन जनता सामु केपि ओलिको कान सम्म पुगोस् भनी उनले भने। सितलहरको समयलाई ख्याल नगरीकन पनि नेताकार्यकर्ता एवं आमजनता हाम्रो निम्तोमा आइदिनु भएको गहिरो अभार प्रकट गर्दै भने यो उपस्थितिले आउदो निर्वाचन नेपाली काङ्ग्रेसमय हुने प्रबल सम्भावना देखिदै छ उनले जिकिर गरेको थिए। बिरोध सभा कार्यक्रम रौतहट निर्वाचन क्षेत्र नम्बर २( ख ) प्रदेश सभा सदस्य प्रत्यासी रामचन्द्र गिरीको प्रमुख आतिथ्यमा भएको र उदघोषकको रुपमा नेपाल तरुण दल रौतहट सभापति मोहम्मद नौसाद आलमले गरेका थिए।