ईशनाथ न.पा.१ बन्जरहामा नेपाल कम्युनिस्ट पार्टीको वडा कमिटी गठन गर्ने निर्णय

214

रौतहट ।। नेकपा नगर कमिटी अध्यक्ष मोहन प्रसाद मेहताको अध्यक्षता तथा प्रदेश कमिटी सदश्य गुलाम सरोवरको विशेषज अतिथ्यतामा शनिवार ईशनाथ न.पा. १ बनजराहामा बैठक भएको छ ।
ईशनाथ न.पा. वडा नं १ मा नेपाल कम्युनिस्ट पार्टीको वडा कमिटी गठनको उद्देश्यले ११ सदसीय समिती परिचालन गर्ने निर्णय सर्वसम्मतबाट निर्णय भएको हो ।सो बैठकबाट हरेन्द्र प्रसाद साह, जादोलाल प्रसाद, झगरु साह, मो.सैयद असद गालिव, तेजनारायण सिंह (शिक्षक), ताहिर खाँ पैठान, जयराम सिंह, बच्चा साह, जोगीन्द्र हजरा, अकलु राम, शिवशंकर प्रसाद चनौं, उमेश चन्द्रबंसी तथा छोटेलाल महतो समिति परिचालनमा रहेका छन् । साथै एक हप्ता भित्र पार्टीको वडा कमिटि विधिवत रुपमा गठन गर्ने समेत निर्णय भएको नेकपा नगर कमिटि अध्यक्ष मोहन प्रसाद मेहताले जानकारी दिनु भयो । सो बैठकमा स्थानीय भद्रभलादमी तथा बुद्धिजीवि लगायत सयौं जना कार्यकर्ताको उपस्थिति रहेको थियो ।