२०४७ सालको संविधान पुनर्स्थापना, हाम्रो अभियान भन्दै राजावादीले गरे रौतहटमा पत्रकार सम्मेलन

515

रौतहट। नेपालमा संघीयता लागू भएपछी जनता असुरक्षित महसुस गरेको र महिला हिंसा बढदै गएकोमा राज सस्था पुनः स्थापना गर्नको लागि विस्तारै देशव्यापी रुपमा राजाको समर्थकहरुले हरेक जिल्लामा विशाल जुलुस प्रदर्शन र कार्यकर्ता बनाउने क्रम जारी रहेको छ।

राजाको समर्थन गर्ने संघ सस्थाहरुले राजा आउ,देश बचाऊ भन्दै विभिन्न जिल्लाहरुमा कार्यकर्ता भेटघाट तथा पत्रकार सम्मेलन गरी आफनो कार्यक्रमहरुको बारेमा खुल्याम जानकारी दिनथालेकोछ।

त्यसैगरी आईतवार हिजो जिल्लाका सदरमुकामुकाम गौरमा राजाका समर्थकहरुले पत्रकार सम्मेलन गरि,राजा र राजसंस्था ल्याउनका निम्ति आफुहरु लागिपरेको र देशमा अब छिटै राजसंस्था आउने दावी गरेकाछन।

२०४७ सालको संविधान पुनर्स्थापना, हाम्रो अभियान भन्दै अब देश ब्यापी रुपमा आन्दोलन हुने र रौतहटमा आगामी पौष १ गते विशाल रैली जुलुस प्रदर्शन हुने राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन NDA का केन्द्रीय संयोजक किशोरी महतोले बताए।

सो कार्यक्रममा बोल्दै मुलुकमा अन्याय,अत्याचार,हिंसा , भ्रस्टाचार चरम सीमामा पुगे पछि नेपालमा राजाको विकल्प नभएकोले राजा आउनु पर्ने धर्ना सहित देश भरीनै राजाको पक्षमा प्रदर्शन भैरहेको र अबको केही दिन पछि राजा र राज संस्था आउने ठोकुवा गरेेेकोछ।

उक्त कार्यक्रम मा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका का संयोजक- किशोरी महतो,स. संयोजक-बिक्रम बम,नेपाल पिछडावर्ग किशानसंघ को केन्द्रीय अध्यक्ष राम प्रमोद महतो,रौतहट का ईन्चार्ज शैलेन्द्र महतो,नेपाल पिछडावर्ग किशान संघ रौतहटका अध्ययक्ष-रामपुकार पासवान लागायत सयौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।