दुर्गा भगवती गाउँपालिका वडा नं. २ को वडा कार्यालय उद्घाटन

201

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवनको सोमवार गाउँपालिका अध्यक्ष अरुण कुमार साहले उद्घाटन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष साहले हामीले चुनावका बेला आफ्ना जनता सङ प्रतिबद्धता गरेका कुराहरु कार्यान्वयन गर्ने क्रममा रहेको बताएका छन । ‘हामीले चुनाबका दौरानमा बोलेका कुरा क्रमशः कार्यान्वयनमा लिएर जाँदैछौं।’ मन्तव्य राख्ने क्रममा गाउँपालिका अध्यक्ष साहले भने, जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको भवन अपरिहार्य रहेकोले तीन कोठे भवन बनाइएको बताएका छन । उनले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गरेका छन । अति विपन्न तथा गरिव घरपरिवारको लागि मंगलवार देखि स्टीलको जस्तापाता वितरण गर्ने गाउँपालिका अध्यक्ष साले बताए ।
जनताका सेवा र सुविधाका लागि वडा कार्यालयको आफ्नै भवन निमार्ण गर्न आफू सफल भएको वडा अध्यक्ष सुरेश चौधरीले बताए ।
दुर्गा भगवती गाउँपालिको लगभग १८ लाख बजेटमा निमार्ण भएको भवनमा वडा सचिव, वडा अध्यक्ष बस्ने छुट्टाछुट्टै तथा सभा हल निमार्ण गरि सुविधा सपन्न कार्यालय निमार्ण गरिएको वडा अध्यक्ष चौधरीले बताए ।
वडा कार्यालयको उद्घाटन समारोहमा पत्रकार, शिक्षक अभिभावक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी लगायत स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।