सांसद साह भ्रस्टाचारमा लिप्त रहेको दावी : राज्य मन्त्री यादव

417

रौतहट ।। प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपाका प्रतिनिधि सभा सदस्य प्रभु साह रौतहट जिल्ला मै भ्रस्टाचार गर्ने नेताको रुपमा रहेको आरोप लगाउनु भएको छ । 
शनिवार निजी सचिवालय द्वारा विज्ञप्ति जारी गर्दै राज्य मन्त्री यादवले नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साह भ्रस्टाचारमा लिप्त रहेको दावी गरेका हुन । 
विहिवार संघीय सांसद साहले कोरोनाको संत्रास र लकडाउनको समयमा प्रदेश २ सरकार अनियमिततामा लिप्त रहेको र कृषि मंत्रालय मातहत रहेका कृषि ज्ञान केन्द्रको मार्फत मन्त्रीको संलग्नतामा अनियमितता भैरहेको आरोप लगाएको थियो । पूर्व मन्त्री साहको विज्ञप्ति पछि राज्य मंत्री यादवले विज्ञप्ति जारी गर्दै आरोप पुस्टि गर्न सांसद साहलाइ खुल्ला रुपमा चुनौती दिएका छन ।
सामान्य परिवारमा जन्मिएर हुर्केका साहले भ्रस्टाचारी गरी अकूत सम्पति आर्जन गरेकोले छानविन गरी कार्यवाही गर्नु पर्ने समेत संघीय सरकार सित मांग गरेका छन । विज्ञप्तिमा भनिएको छ आर्जन गरेको सम्पतिको स्रोत देखाउन नसकेको साहले जनयुद्धको शहीदहरुको नाउमा स्थापना गरेको प्रतिष्ठानको आडमा हरेक बर्ष स्थानीय तहबाट धाक धमकी देखाई करोडौँ भ्रस्टाचारी गरेको हो । 
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभीड़ १९ को प्रकोप न्यूनीकरण गर्न , प्रभावित भएका गरीव ,असहाय ,श्रमिक बर्ग समुदायलाइ राहतको लागि प्रदेश सरकार दिन रात खटेको भएपनि सांसद साहले प्रदेश सरकारलाइ बदनाम गर्ने नियतले गलत आरोप लगाएको ठोकूवा गरेको छ । राज्य मन्त्री यादवले संघीय सांसद साहले लगाएको आरोपको खण्डन गर्दै प्रमाण सहित पुस्टि गर्न आमंत्रण गरेको छ । 
स्थानीय तहमा शक्तिको डरत्रास देखाएर स्थानीय विकासको बजेट , संघीय सरकारको बजेट हिनामिन्हा गर्नुको साथै आफ्नो संघीय बजेट बाट भए गरेको काम कार्यवाहीको सार्वजानिक समेत नगर्ने सांसद साहले हवादारी रुपमा प्रदेश सरकार माथि गलत आरोप लगाउने गरेको टिपण्णी गरेका छन । 
पटक पटक विना प्रमाण प्रदेश सरकारलाइ लक्षित गरी अभिव्यक्ति दिने सांसद साहको मानसिक संतुलन घुमेको आलोचना गरिएको छ । उहाले लेखेको छ अरुमाथि औला ठड्याउनु भन्दा पहिला आफु भित्रको कमी कमजोरी चिंतन मनन गर्नु पर्नेछ । हत्या हिंसा लुक खसूट ,विबाद सृजना गराएर बजेट लिनु जस्ता कार्य गर्ने सांसद साहको अरु माथि लांछना लगाउनु हास्यास्पद भएको जिकिर गरेको छ । 
कोभीड़ १९ को प्रभाव न्यूनीकरण गर्न किसानलाइ लकडाउनको अवधिमा राहत एवं व्याज मिन्हा गर्ने जस्ता महत्वपूर्ण कार्यक्रमको साथै कृषि सड़क ,सोलार पम्प र पशु पंछी संग जोडिएको विकास कार्यक्रम सञ्चालनका निमित सुचना प्रकाशन भई रहेको बेलामा आतिएर मानसिक रुपमा विचलित भएर झूठा आरोप प्रदेश सरकार र कृषि मंत्रालय माथि लगाएको विज्ञप्ति मार्फत दावी गरिएको छ । 
राज्य मन्त्रीको नजिक मानिने एक जना स्थानीय पत्रकारले फोन गरी राज्य मन्त्री यादव सित कुरा गरी विना जानकारी आवाज रेकार्ड गरी प्रभु साह नजिकको पत्रकारलाइ सामाजिक संजाल मार्फत पठाएको कारण दुवै नेता विच वक युद्ध शुरू भएको हो । 
विना जानकारी कसैले आवाज रेकार्ड नगर्न र विना स्वीकृतिको सार्वजानिक गरे गोपनीयताको हकÞ हनन हुने भएकोले कानून बमोजिम कार्यवाही हुने भनी कÞानूनी व्यवस्था रहेको भए पनि राज्य मन्त्री यादव सित कुरा गरी आवाज रेकार्ड गरेर अरुलाई पठाउने कार्य गर्ने त्यों व्यक्तिलाइ कÞानूनी दयारामा ल्याउन जरुरी रहेको छ । राज्य मन्त्री यादवले त्यों व्यक्ति माथि उजुरी दिनु पर्नेको विकल्प नरहेको छ ।