रौतहटमा एकैदिन ७४ जनाकाे कोरोना पुष्टि

640

रौतहट /// रौतहट जिल्लामा एकैदिन ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै रौतहटमा संक्रमितको संख्या ३०७ पुगेको छ। आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट आएकाहरु रहेका छन्।

संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपालिकाका १४ जना, राजदेवी नगपालिकाका १८ जना, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाई गाउँपालिकाका ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए।