यमुनामाई गाउँपालिकामा निजि लगानीमा सडक मर्मत

562

रौतहट ।। रौतहटको यमुनामाई गाउँपालिका वार्ड न ४ मा युवाको टिमले आफनै लगानीमा सडक मर्मत गरेका छन ।

बर्षाका कारण सो सडक जीर्णसंगै आवतजावतमा नै समस्या भएपछि युवाले आफनो नीजि खर्चमा सडकको स्तरन्नति गरेका हुन् । उनी सोहि मार्गका बासिन्दा तथा मोटरसाइकल ,साइकल आवतजावतमा समस्या आएपछि आफनो खर्चमा युवा समाजसेवी प्रवीण कुमार सिंहले आवतजावतमा सहजिकरण गरेका छन ।


करिब ४५० मिटरको सडक अतिनै जीर्ण बनेको नीजि लगानीमा बाटोपुर्ण गरिदिएका हुन् । सो सडकको अवस्था अतिनै दयनीय बन्दा समेत स्थानीय सरकारले चासो नदिएपछि आफनै लगानीमा सडक स्तरन्नति गरिएका उनले बताएका छन् । उनले भने,–‘ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर आफनै ठाँउको समस्यालाई समाधान गर्न प्रयास गरेको हुँ ।’

सडक जीर्ण बनेपछि दैनिक आवतजावतमा समस्या भएको स्थानीयबासीहरुले बारम्बार गुनासो गर्दा समेत स्थानीय सरकारले चासो नदेखाएकाले नीजि लगानीमा माटोपूर्ण गरि सडकको हालै स्तरन्नति गरिएको युवा समाजसेवी प्रवीण सिह,बैजु सिह र रबिशंकर सिहले बताए ।