प्रदेश २ का राज्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि

360

जनकपुरधाम– प्रदेश २ का एकजना राज्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवका चालकमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश २ को प्रदेशसभा बैठक सञ्चालन हुनु अगाडी कर्मचारी तथा सांसदहरुको स्वाब परिक्षण गरिएकोमा राज्यमन्त्री यादवका चालकमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

यसभन्दा पहिले बिहीवार मात्र राज्यमन्त्री यादवका स्वकीय सचिवमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रदेशसभाका पाँच जना मर्यादापालकमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो।देशसंचार डटकममा समाचार राखिएकाे छ ।