अपाङ्गलाई राजनीति अधिकार दिने पहिलो पार्टी कांग्रेस : निधि

963

अपाङ्ग भएको व्यक्तिहरुको राजनीति सावेशी सवाल र नेपाली कांग्रेस र स्थानीय निकायमा भुमिका विषय video कन्फेन्स अनलाइन अन्तक्रिर्या कार्यक्रमको प्रमुख अथिती नेपाली कांग्रेस केन्द्रिय उप सभापति एवम उप – प्रधानमन्त्री गृहमन्त्री विमलेन्द्र निधिले कोभिड-१९ माहामारी कारण विश्वास नै अवस्त व्यस्त रहेकोे छ । अन्तर्राष्ट्रिय मुलुकहरु र नेपालले आर्थिक संकटको समेत समना गर्नु परेको देखिन्छ ।

विभिन्न अस्पतालमा निर्माण गरिएको क्वारेन्टाइन र आईसोलेसन अपाङ्ग मैत्री बनाउन आवश्यक रहेकोे समेत बताउनु भयो । विभिन्न समाजिक कार्यमा कार्यमा अपाङ्गको पहुँच हुनुपर्छ । अपाङ्गता भएका व्यक्तिहरुको क्षमतालाई विकास गर्न शिक्षा, स्वास्थ र रोजगारीको व्यवस्था गरि सरकार ग्यारेन्टी लिनु पर्छ । नेपाली कांग्रेसले राजनीति प्रतिनिधित्व गराउन केन्द्रिय , प्रदेश र स्थानीय तह सम्म अपाङ्ग आरक्षणको व्यवस्था कांग्रेस विधान मै व्यवस्था रहेकोे छ । अपाङ्ग अधिकार सुनिस्चितता लागि नेपाली कांग्रेस स्थापना काल लडि रहेकोे र अपाङ्गलाई राजनीति अधिकार् दिने पहिलो पार्टी हो समेत भएको बताउनु भयो ।

समाजिक रुपले पिछिडिएको अपाङ्ग भएको व्यक्तिहरु जहिले न्याय दिलाउन कांग्रेस प्रतिबद्ध रहेको समेत कार्यक्रमको प्रमुख अथिती निधि बताउनु भयो । यस कार्यक्रमको अथिती नेपाली कांग्रेसको केन्द्रिय सदस्य राम कृष्ण यादबले अपाङ्ग अधिकारलाई पार्टी सम्बोधन गर्नु पर्छ भनी धारण राख्नु भयो । न्याय परिषद पुर्व सदस्य एवम वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यापानैले संविधान र विभिन्न ऎन, नितिनियम नियामावलिमा अपाङ्गता भएका व्यक्तिहरुको व्यवस्था गरिएको अधिकारलाई सरकारले लागू गर्नु पर्छ भनी धारण राख्नु भयो । रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादबले अपाङ्ग भएको व्यक्तिलाई राजनीति अधिकारलाई प्राथमिकता राख्नु पर्छ धारण राख्नु भयो । धनुषा जिल्ला सभापति महेश शंकर गिरिले अपाङ्ग भएको व्यक्तिहरु आफैमा क्षमतावान छन मेहनत परिश्रम गरे जस्तोसुकै स्थानामा पहुँच हुने धारण राख्नु भयो । नेविसंघ पुर्व सभापति नैनसिंह महर आफ्नो धारण राख्नु भयो र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सघको केन्द्रिय प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

रौतहट बारा , पर्सा,धनुषा ,सिराहा र सप्तरी जिल्ला लोकतान्त्रिक अपाङ्ग सघको जिल्ला सभापतिहरु आफ्नो विषयमा धारण राख्नु भयो । स्थानीय निकायका मेयर र गाउँपालिका प्रमुख र वार्ड अध्यक्षहरु नेपाली कांग्रेस रौतहटको जिल्ला क्षेत्रीय सभापति गजेन्द्र यादब , राम भरोस यादब र कांग्रेस नेता अजय साह , पुर्व सभापति अन्न्त कोईराला स्वयु उप सभापति गोपाल हुमागाई लागयतका नेताकार्यकर्ताहरुको उल्लेखनीय सहभागीता थियो । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहटको सभापति नितिश कुमार गुप्ताको अध्यक्षता शुरूवात कार्यक्रममा गुप्ताले अपाङ्ग अधिकार सवाल हरेक निकायमा सम्बोधन हुनुपर्छ भनी धारणा राखी कार्यक्रम समापन्न गर्नु भयो । अनलाइन खबरलाई मिडियालाई जानकारी गराउनु भएको छ ।