रौतहटको चन्द्रनिगाहपुरमा एम्बुलेन्स दुर्घटना

567

दिपु मिश्र । रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ४ स्थित पुलचोकमा एम्बुलेन्स दुर्घटना भएको छ ।

आइतबार बिहान सर्लाहीको सोल्टी बजार बाट बिरामी लिएर भरतपुर पुर्याएर फर्किने क्रममा चन्द्रनिगाहपुरमा ज १ च ६८२ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

तीन दिन पछि बल्ल एम्बुलेन्सको ट्रीप लागेर बिरामीलाई भरतपुर हस्पिटल पुर्याएर फर्किने क्रममा एक्कासि पुल नजिकै बनाएको ढुङ्गा जालिमा ठोकिएर दुर्घटना भएको एम्बुलेन्स चालक रामबाबू मण्डलले बताए । एम्बुलेन्स दुर्घटना हुदा पुलचोकको पुलको रेलिङ भाचिएको छ । चालक भने दुर्घटनाको कारण आफैलाइ थाह नभएको बताउछ्न । एम्बुलेन्सको अगाडीको बायाँ पट्टीको भाग पुर्ण रुपले क्षति भएको छ ।

जिल्ला ट्राफिक प्रहरीले चन्द्रपुर नगरपालिमाको स्काभेटर ल्याएर एम्बुलेन्स निकाल्ने तयारीमा लागेको ट्राफिक स्पेक्टर सैलेश न्यौपानेले जानकारी दिएका छन ।