रौतहटका पत्रकारलाइ आरडिसी नेपालले प्रेस ज्याकेट हस्तान्तरण

232

रौतहट, २ जेष्ठ । बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ विरुद्ध रौतहटका पत्रकारलाइ Rdc Nepal ले १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ । विपतमा खटिएका रौतहटका संचारकर्मीले एकरुपको ज्याकेट प्रयोग गर्ने र सुरक्षा मा खटिएका सुरक्षाकर्मिलाइ चिन्न सजिलो हुने उदेश्यका साथ हस्तान्तरण गरेको अध्यक्ष पारस हुसेनले बताए । rdc कार्यालय गौरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई उनले सो सामग्री हस्तान्तरण गरेका थिए । पचिल्लो पटक केहि पत्रकार लाइ कोरोना संक्रमण देखिए पछी रौतहट पत्रकार महासङ ले प्रेस विज्ञप्ति जारि गरि सबै सनचार कर्मी लाइ सुरक्षित हुन अनुरोध गर्दै आवश्यक पर्ने पि पि इ, मस्क, ग्लोवसँ, सेनिटाइजर लगायत का सामग्री रौतहट साखा ले उप्लब्ध गरौउदै आयेको छ ।