भारतबाट आएका १३ जनालाई वडा अध्यक्ष सुखरानी देवीको सक्रियता श्री द्वार देवी मा .वि .को क्वारेन्टाइनमा राखियो

556

धर्मेन्द्र प्रसाद यादव वीरगंज जेठ ४ गते // भारतको बैंगलोर बाट वीरगंज महानगरपालिकाको वार्ड नः १७ अलौमा आज आइपुगेका १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ / १० दिन पहिला बैंग्लोरबाट हिडेका अलौ निवासी ती १३ जना युवा कामदारहरुलाई ४ दिन पहिला भारतको हरईया भने ठाउमा आइपुगेका थिए /हरइयाको स्थित सिमानाका भएर नेपाल प्रवेश गर्न खोजेका तिनीहरूलाई भारतीय एसएसबीले त्यही रोकेको थियो / स्थानीयहरुको अनुसार भारतीय एसएसबीले सिमानाका मै रोकी ४ दिन सम्म हरईय ,धुपवाटोल स्थित खेत मै राखेको थियो / २ दिन सम्म भोकै प्यास रहेका तिनीहरूलाई आज सशस्त्र प्रहरी बेस क्याम्प अलौ का प्रहरी निरीक्षक रवि थापाले आफ्नो जिम्मा मा बुझी तथा सिर्सिया प्रहरी चौकी का सई प्रकाश रावत को सहयोग मा अलौ लिएर आएको वीरगंज म. न .पा .वार्ड नः १७ अलौ की वडा अध्यक्ष सुखरानी देबीले बताउनु भयो / वडा अध्यक्ष देबीको सक्रियतामा श्री द्वार देबी मा.वि.अलौ बनाएको क्वारेन्टाइनमा वीरगंज महानगरपालिका द्वारा सेनीटाइज गरिएको र वडा नः १७ कि अध्यक्ष तथा अध्यक्ष कि पति वीरेन्द्र प्रसाद यादवको तर्फ बाट क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापन गरेको वडा अध्यक्ष देबी ले बताउनु भयो / बैङ्लोर बाट घर आउनका लागि तिनीहरूको अभिभावकले भारु १ लाख पठाएको थियो / त्यही पैसाबाट बस रिजर्भ गरि भारतको सहरइया आइपुगेका थिए / नेपालको सिमा क्षेत्रमा रहेको भारतको हरइया आइपुगेका बारे तिनीहरूको अभिभावकलाई थाहा भए पछि आफ्नो छोरा लाई नेपाल ल्याइदिनु ल्याईदिन ती अभिभावकहरु विभिन्न ठाउमा दुई दिन पहल थालेका थिए