नेपालमा थप ९ जनाको कोरोना भाइरस पुष्टि

327

काठमाण्डौ २ जेष्ठ । नेपालमा कोरोना भाईरसका संक्रमित दिन प्रति दिन थपिने क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

नेपालमा यो सँगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुरको वडानम्बर १, ३ र ५ निवासी १८, २०, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।