नेपालमा एकैदिन ७४ कोरोना संक्रमित भेटियो, संक्रमितको संख्या २०८ पुग्यो

450

काठमाडौं, ३० वैशाख । नेपालमा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको नमूना परीक्षणमा १७ जना थप भएका हुन् ।

मंगलबार बिहानै ५७ जनामा संक्रमण पुष्टि भएसँगै १९१ जना पुगेको थियो । पछिल्लो नतिजासँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।

मंगलबारसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लाे पटक थपिएका १७ जनाबारे भने विस्तृत विवरण आउन बाँकी छ ।सभार साझा पाेषटबाट