कोभिड–१९ को अत्यन्तै जोखिममा रहेका पसलले र सुरक्षाकर्मीहरुलाई गौरीशंकर यादव फाउण्डेशन गौरद्धारा फेस सिल्ड र ग्लोब्स वितरण

255

रौतहट, ३१ वैशाख । बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को अत्यन्तै जोखिममा रहेका पसलले र सुरक्षाकर्मीहरुलाई गौरीशंकर यादव फाउण्डेशन गौरद्धारा फेस सिल्ड र ग्लोब्स वितरण गरेको छ ।
करिव दुई महिना अघि देखि कारोना भाइरसको संक्रमण फैलिएपनि नेपालभरी नै लकडाउनबाट गुज्रिरहेको अवस्थामा दैनिक उपभोग्यका पसलहरु जनताको सेवामा संचालन रहेको तथा शान्ति सुरक्षाको कार्यमा अहोरात्रि खटिरहेका सुरक्षाकर्मीहरु अत्यन्तै जोखिममा रहेको हुँदा रौतहट सदरमुकाम गौर नगरपालिकाको पूर्व मेयर गौरी शंकर यादवको सम्झनामा स्थापित रहेका गौरीशंकर यादव फाउण्डेशनले फेस सिल्ड र ग्लोब्स वितरण गरेर कोरोना भाइरसबाट जोगिन संदेश दिएको हो ।
फाउण्डेशनको अध्यक्ष मोहन यादवले कोरोना भाइरस जस्तो महाविनाशक माहामारीबाट गौर नगरका व्यापारीहरु र सुरक्षाकर्मीहरलाई जोगिनका लागि उक्त कोरोना प्रतिरोधक फेस सिल्ड र हैण्ड ग्लोब्स वितरण गरिएको बताए । गौर नगरका ४५० जना व्यापारिक प्रतिष्ठान र सुरक्षामा खटिएका दुईसय जना सुरक्षाकर्मीहरुलाई उक्त उपकरण उपलब्त्र गराएको बताए ।
यस अघि उक्त फाउण्डेशनको तर्फबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई पिपिई सेट उपलब्ध गराउनुको साथै गौर नगर सहित सुरक्षाकर्मीलाई ३० प्रतिशत क्लोरिन भएको बाटोमा छर्किने सेनेटाइज गर्ने औषधी ६ क्वीन्टल उपलब्ध गराएको समेत अध्यक्ष यादवले जानकारी दिए । मानविय सेवामा सधै यस फाउण्डेशनबाट सकारात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता अध्यक्ष यादवले व्यक्त गरे । अध्यक्ष यादवको सकारात्मक कदमको गौर नगर मात्रै नभई जिल्लाभरी नै सराहना भइरहेको छ ।